अमेरिकी विदेशमन्त्री आज नेपाल आउँदै, उच्च राजनीतिक भेटवार्ता गर्ने

साउन १२, काठमाडौ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमण आउने भएका छन्। लु बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ। नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो।

काठमाडौं बसाइका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायत उच्च सरकारी अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । यसअघि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता अनुमोदन हुनुअघि पनि लू नेपाल भ्रमणमा आएका थिए।

संम्बन्धित समचार

Leave a Reply