साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित

साउन १२,काठमाण्डौ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । हिजो भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा श्रीलङ्कालाई ३–० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एकरएक गोल गरे । जितसँगै नेपालले २ खेलमा ६ अङ्क जोडेको छ ।

हिजो भएको अर्को खेलमा भारत बङ्लादेशसँग २–१ गोलले पराजित भयो । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हराएको थियो । श्रीलङ्काको यो लगातार दोस्रो हार हो।

संम्बन्धित समचार

Leave a Reply