साउन १२, काठमाण्डौ । श्रीलङ्काको संसद्ले अनिश्चितकालीन सङ्कटकाललाई अनुमोदन गरेको छ । तत्कालीन कार्यवाहक राष्ट्रपति रनिल विक्रेमासिङ्घेले यसअघि घोषणा गरेको अनिश्चितकालीन सङ्कटकाल संसद्ले अनुमोदन गरेको हो ।
संसदमा हिजो भएको मतदानमा १ सय २० सांसदले सङ्कटकाल अनुमोदनको पक्षमा र ६३ जनाले विपक्षमा मतदान गरेका छन् ।