‘एमाले र माओवादी केन्द्र बीच तालमेल हुने कुरा असम्भव छ’ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण १२, बिहिबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन १२, कठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र बीच तालमेल नहुने प्रचण्डले बताएका छन् । आज बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिसडाँडामा आयोजित पार्टी स्थायी कमिटी बैठकमा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् । एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेससँग विकल्प खोज्न नहुने उनले बताए ।

आगामी संघ र प्रदेशको निर्वाचनमा पनि कांग्रेससँग सहकार्य गर्ने भएकाले अन्यथा नसोच्न मातहतका नेताहरूलाई प्रचण्डले आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस