धार्के–सितापाईला सडकमा कति सकियो काम ?

साउन १२,धादिङ । सीतापाइला खण्डमा पहिलो चरणमा करिब पाँच किलोमिटर सडक कालोपत्रे गर्ने काम पूरा भइसकेको छ। करिब २५ किलोमिटर रहेको यस सडकको हाल धादिङतर्फको धार्केबाट काठमाडौंतर्फ आउँदा काठमाडौं र धादिङको सीमामा पर्ने ठूलोखोलासम्मको करिब १५ किमि नुवाकोट डिभिजन कार्यालयले स्तरोन्नति गरिरहेको छ।

हाल रामकोट–ठूलोखोला सडकको दायाँ बायाँ साइट क्लियर गरेर पर्खाल लगाउने काम सकिएको छ। कतिपय सडक खण्डमा बाटो फराकिलो भइसकेको नुवाकोट सडक डिभिजन कार्यालय प्रमुख अमृतमणि रिमालले जानकारी दिए।

२०७८ मा ठेक्का सम्झौता भएको उक्त सडकको काम निर्धारित समयमा सकिएमा आगामी साउनभित्र अधिकांश ठाउँमा ११ मिटर चौडा सडक कालोपत्रे हुने छ। यद्यपि, यसलाई सुरुमा २२ मिटर चौडा बनाउने योजना हो। तर जग्गा अधिग्रहण तथा मुआब्जामा विवादका कारण अहिले यो ६ देखि ११ मिटरसम्म मात्र फराकिलो हुने भएको छ।

नागढुंगा–नौबिसे सडकको विकल्पका रुपमा हेरिएको सीतापाइला–धार्के सडकको स्तरोन्नति पूरा भएपछि राजधानी प्रवेश गर्ने नयाँ नाका तयार हुनेछ।

संम्बन्धित समचार

Leave a Reply