अमेरिकी सहायक मन्त्री लु विशेष विमानबाट काठमाडौँ ओर्लिए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण १२, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १२,काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् । विशेष चार्टर्ड विमानबाट सहायक विदेशमन्त्री लु केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको विमानस्थल प्रहरीले जनाएको छ ।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज र भोलि नेपालमा रहनेछन् । उनले भोलि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ ।

नेपालले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता अस्वीकार गरेको एक महिनापछि लु नेपाल आउनुभएको हो । नेपालले एसपीपी सम्झौता अस्वीकार गरे पनि यसबारे अमेरिकालाई औपचारिक रूपमा पत्राचार गरेको छैन । चौतर्फी आलोचना भएपछि नेपालले गएको असार ६ गते एसपीपी अस्वीकार गर्ने निर्णय गरेको थियो ।

यसअघि गएको मङ्सिर १ देखि ४ गतेसम्म नेपालमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गराउन भूमिका खेलेका थिए । लु नेपाल आउनुअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश समन्वय विभाग प्रमुख लिउ जियान्चाओले नेपालको भ्रमण गरेका थिए । लिउ जियान्चाओ फर्किएको दुई हप्ता नबित्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु को नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस