व्यवसायिक कृषिको लागि कृषि उद्यम केन्द्रले किर्तिपुर नगरपालिकालाई सहयोग गर्ने

साउन १२,काठमाडौँ । उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र र्कितिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीबीच कृषिको उत्पादन र नगरपालिकाले गरिरहेको कृषि कार्यक्रम र आगामी सम्भावनाको विषयमा छलफल भएको छ ।

छलफलको क्रममा किर्तिपुरमा व्यवसायिक कृषिको प्रबद्र्धन र बजारिकरणको लागि कृषि उद्यम केन्द्रले गर्ने सहयोगको बिषयमा सुमार्गीले प्रष्ट पारेका थिए । उनले नगरपालिकालाई आवश्यक कृषि प्राविधिक उपलब्ध गराउने जानकारी दिए । जवाफमा नगरप्रमुख नकर्मीले आफु कृषि उद्यम केन्द्रसंग सहकार्य गर्न तयार रहेको बताए । उनले आगामी दिनमा केन्द्रले गर्न लागिरहेको कोरिया भ्रमणमा किर्तिपुरलाई चिनाउने कार्य के गर्न सकिन्छ भनेर जिज्ञासा राखेका थिए । आगामी दिनमा थप छलफल गरेर नगरपालिका र केन्द्रबीच एमओयु गरिने बताइएको छ ।

छलफलको क्रममा नगर उपप्रमुख शुभलक्ष्मी शाक्य, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्की,नेपाली कांग्रेसका नेता बिश्वजित महर्जन, सय किसान अभियानका अभियन्ता बिनोद लामिछाने,शर्मिला अधिकारी राउत लगायतको उपस्थिती रहेको थियो ।

संम्बन्धित समचार

Leave a Reply