आज चार वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने

साउन १४, काठमाण्डौ । आज देशका चार वटा प्रदेशमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश(१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । गएराति लुम्बिनीमा ठूलो पानी परेको थियो । अरु ठाउँमा हल्कादेखि मध्यमखालको पानी परेको छ ।

अबका तीन दिन सोमवारसम्म नै पानी पर्ने अनुमान छ । त्यसपछि मनसुन केही कमजोर हुन सक्ने देखिएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा आज बिहान आकाश धुम्मिएको छ । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर ठाउँ आसपासमा रहेको छ भने पूर्वमा सरदर ठाउँभन्दा केही उत्तरतिर रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply