नेपालको आर्थिक वृद्धिदर पुरानै रहने प्रक्षेपण

साउन १४, काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले नेपालको आर्थिक वृद्धिदर गएको वर्ष जस्तै रहने प्रक्षेपण गरेको छ । आईएमएफको वर्ल्डको इकोनोमिक आउट लुक प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर हो। तर गएको अप्रिलमा आईएमएफले नेपालको वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

समग्र विश्व अर्थतन्त्र नै उत्पादन सङ्कुचन, उच्च मुद्रास्फीति र वित्तीय अस्थिरताको जोखिमतर्फ धकेलिन लागेको आईएमएफको प्रक्षेपणका बीच नेपालको वृद्धिदरमा सुधारसहितको संशोधन प्रस्तुत भएको हो।

संम्बन्धित समचार

Leave a Reply