दीपिकाकाे अङ्गालाेमा प्रबल गुरूङ !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ बैशाख ३१, सोमबार (६ साल अघि)
  • ४१ पटक पढिएको
Post Thumbnail

 

 

न्युयोर्क– नेपाली मूलका फेसन डिजाइनर प्रबल गुरुङले बलिउड अभिनेत्री दीपिका पादुकोणसँगको सेल्फी सेयरका गरेका छन् । अमेरिकाको न्युयोर्कमा भएको मेट गाला फेसन सोको क्रममा उनले दीपिकासँग सेल्फी सेयर गरेका हुन् ।

 

मेट गाला फेसन सप्ताहमा प्रबलको डिजाइनमा हलिउड र बलिउडका आठ जना अभिनेत्री, मोडलहरु रेड कार्पेटमा उत्रिएका थिए । प्रबलले प्रेरणादायी महिलाहरुसँग काम गर्न पाउँदा निकै खुसी लागेको बताए ।

 

‘८ जना सशक्त र प्रेरणादायी महिलाहरुले मलाई निकै हौस्याए । मैले तयार पारेको पहिरणमा उहाँहरु सुन्दरताका साथ प्रस्तुत हुनुभयो । त्यसको लागि सबैप्रति आभार प्रकट गर्न चाहन्छु,’ उनले भनेका छन् ।

 

प्रबल अन्तराष्ट्रिय स्तरमै ख्याती कमाएका फेसन डिजाइनर हुन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस