राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको ग्रेडवृद्धिका लागि परीक्षा तालिका सार्वजनिक

साउन १५, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको ग्रेडवृद्धिका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईमा तत्कालका लागि कक्षा ११ मा भर्ना हुन नपाउने अर्थात जिरो दशमलव आठदेखि एक दशमलव दुई जीपीए ल्याउने विद्यार्थी तीन हजार दुई सय छन् ।

बोर्डले यी विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षाको व्यवस्था गरेको छ । तर त्यो भन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थी पनि विषयगत रूपमा प्राप्त ग्रेडमा चित्त नबुझेमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । यस्ता विद्यार्थीका लागि परीक्षा बोर्डले भदौको ११ र १२ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply