भदौ २२ गते निजामती दिवस मनाइने

Post Thumbnail

साउन १५, काठमाडौं । सरकारले आगामी भदौ २२ गते निजामती दिवस मनाउन प्रक्रिया अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार निजामती दिवस मनाउने सम्बन्धमा नेपाल सरकारका मन्त्रालय, संवैधानिक निकाय र आयोगमा पत्राचार भइसकेको छ ।

मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ भने समितिको सदस्यमा राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारी सबै, निजामती सेवामा क्रियाशील राष्ट्रियस्तरका टे«ड युनियनका अध्यक्ष, पूर्व कर्मचारी सेवा परिषद् नेपालका अध्यक्ष सम्मिलित रहनेछन् । मूल समितिले दिवस मनाउने बैठक बोलाउने, उपसमितिको कार्यक्रम स्वीकृत र अनुगमन गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस