‘अनुदानले देश बन्दैन ,यसबाट कृषकको उन्नति हुदैन : कृषिमन्त्री हुमागाई

Post Thumbnail

साउन १५,काठमाडौँ । मिलिजुली कृषक समुहको आयोजनामा जनप्रतिनिधि र कृषकबीच अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । शनिबार पनौती नगरपालिकाको कार्यालयमा सम्पन्न अन्तक्रियामा जनप्रतिनिधि,सरोकारवाला र कृषकबीच अन्तक्रिया भएको हो । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धारा हुमागाई र उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले सम्बोधन गरेका थिए । पनौतीमा विभिन्न पालिकाबाट कृषि गर्दै आइरहेको किसानलाई कृषि गर्न सहयोग पुर्याउने उदेश्य अनुसार पनौती नगरपालिका,बेथानचोक गाउँपालिका र महांकाल गाउँपालिकाका किसान एकैठाँउमा भेला भएका थिए ।

कार्यक्रममा कृषिमन्त्री बसुन्धारा हुमागाईले आफु मन्त्रालयमा आएपछि धेरै सुधार ल्याएको बताए । उनले भने-‘अनुदानले देश बन्दैन ,यसबाट कृषकको उन्नति हुदैन, कृषिमा अनुदान नदिकन राज्य भाग्न सक्दैन तर अनुदानको मोडल परिवर्तन गर्न आवश्यक थियो र त्यो मैले गरेको छु ।’

मन्त्री हुमागाईले बागमती प्रदेश सरकारले १ वडा, १ पशु सेवा क्लिनिकको अवधारणा अनुसार यो बर्ष ३० वटा बनाउन क्लिनिक सुरुवातको चरणमा रहेको बताए । उनले सरकारको किसान निति अनुसार बागमती प्रदेश सरकारले बैंकमार्फत उत्पादनमा आधारित अनुदान दिँदै आएको समेत बताए। उनका अनुसार दुधमा उत्पादनको आधारमा अनुदान बैंकमार्फत दिइरहेको छ बताउदै दुध उत्पादनमा सरकारको जोड रहेको बताए । उनले हेटौंडा र काभ्रेमा दुध पाउडर प्लान बनाउन छिट्टै ठेक्का लगाउन लागिएको समेत बताए ।

अन्तक्रियामा मन्त्री हुमागाईले बर्षेपिच्छे मलको हाहाकार हुने सिलसिला नरोकिएकोले मललाई खुल्ला बजार प्रणालीमा लगेर सरकारले आफैं मल नल्याई निजि क्षेत्रसंग सहकार्य गर्न जरुरी रहेको बताए । पनौतीका किसानलाई उत्साहित गर्दै मन्त्री हुमागाईले उत्पादन र बजारीकरणमा प्रदेश सरकारले जोड दिँदै आएकोले ढुक्कको साथ कृषिलाई अघि बढाउन उनले जोड दिए । उनले बागमती प्रदेश सरकारले छिट्टै कृषि ऐन ल्याउदै गरेको बताउदै कृषिलाई मजबुत ढंगले अघि बढाउन आफु निरन्तर क्रियाशिल रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस