साउन ,काठमाडौँ । मिलिजुली कृषक समुहको आयोजनामा जनप्रतिनिधि र कृषकबीच अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । शनिबार पनौती नगरपालिकाको कार्यालयमा सम्पन्न अन्तक्रियामा जनप्रतिनिधि,सरोकारवाला र कृषकबीच अन्तक्रिया भएको हो । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धारा हुमागाई र उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले सम्बोधन गरेका थिए । पनौतीमा विभिन्न पालिकाबाट कृषि गर्दै आइरहेको किसानलाई कृषि गर्न सहयोग पुर्याउने उदेश्य अनुसार पनौती नगरपालिका,बेथानचोक गाउँपालिका र महांकाल गाउँपालिकाका किसान एकैठाँउमा भेला भएका थिए ।
अन्तक्रियामा समुहका अध्यक्षदिपक प्रसाद तिमिल्सिनाले सहुलियतपूर्ण ऋण किसानको माग भएको, अनुदानको दुरुपयोग भएको। किसानले गरेको बिमा प्रभावकारी कार्यान्वयन नभएको र वास्तविक किसानले प्रगति गर्न नसकेको जस्ता गुनासो व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एइसी सभापति सुमार्गीले निजी क्षेत्रको पहलमा किसानलाई धनी बनाउन के के गर्नपर्छ भनेर आफु लागिरहेको बताए । उनले भने-अब किसान धनी बनाउने योजना अघि सार्न जरुरी छ । कृषिलाई आधुनिकीकरण गर्न जरुरी छ । अब धनी हुने पालो किसानको हो ।’ उनले सय किसान अभियान केन्द्रले सुरु गरेको र नयाँ नयाँ योजना अघि सारेको बताए ।
उनले नेपालमा स्पेरुलिना खेती सुरु गर्न लागेको समेत बताए । सुमार्गीले सरकारले निति बनाउनुपर्ने र त्यसलाई थिति बसालेर कार्यान्वयन गर्न जरुरी रहेको बताए । किसानलाई समृद्ध बनाउन सबै लाग्नपर्ने उनको धारणा थियो । ोपालमा यतिबेला सबैजना कृषि कृषि भनिरहेकाले सरकार,निजी क्षेत्र र सरोकारवाला सबैले कृषिको विषयमा गम्भिर हुन आवश्यक रहेको सुमार्गीले बताए । सुमार्गीले नेपाली किसानलाई कोरिया र इजरायलमा अध्ययन गराएर नेपालमा कृषिको आधुनिकिकरण र व्यवसायिकरण गराउन केन्द्रले आगामी दिनमा देशभरका वास्तविक किसानलाई कोरिया पठाउन लागेको समेत जानकारी दिए ।
पनौती नगरप्रमुख रामशरण भण्डारी, महांकाल गाउँपालिका अध्यक्ष गणेश केसी, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी लगायतले सम्बोधन गरेका थिए ।