निगम यसरी बन्दैछ राष्ट्रिय लज्जावाहक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष १, आईतबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष १, काठमाडौं । व्यवस्थापकीय अपराधका कारण राष्ट्रिय वायुसेवा कम्पनीको मात्रै होइन, मुलुकको साख गिर्दो छ।

१४ असार ०७५ मा वाइडवडी काठमाडौंमा अवतरण गर्दा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, पर्यटन सचिव र नेपाल वायुसेवा निगमका पदाधिकारी लहरै उचिएर जनाँ जहाजको स्वागत गरे।

त्यतिबेला मन्त्री अधिकारीले वाइडवडीलाई राष्ट्रिय खुसीको रुपमा चित्रण गरे। तर, यतिबेला २ वटा वाइडबडी विमानकै कारण निगम गम्भीर संकटमा धकेलिँदै गएको छ।

नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको २५ अर्ब रुपैयाँ ऋणबाट यी विमान किन्दा झण्डै ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा संसद्को सार्वजनिक लेखा समिति र अर्थ तथा सुशासनको सार्वजनिक लेखा समितिले उपसमिति बनाएर भिन्दाभिन्दै छानविन थालेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस