अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ श्रावण १६, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १६,काठमाडौँ । अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । एपेन्डिक्सको समस्या देखिएपछि उनलाई आइतबार मेडिसिटी अस्पताल भर्ना गरिएको पति हरिहर अधिकारीले जानकारी दिए ।

हरिहरका अनुसार सोमबार बिहान चिकित्सकले उनको एपेन्डिक्सको शल्यक्रिया गरेका छन् । उनको स्वास्थ्य अवस्था अहिले ठिक रहेको छ । उनी अझै केही दिन अस्पतालमै रहनेछिन् ।

आइतबार लाजिम्पाटमा एक पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि पहिले ओम अस्पताल लगिएको उनलाई त्यसपछि मेडिसिटी पुर्याइएको थियो ।
नीताले ज्योतिष समेत रहेका हरिहरसँग केही अगाडि मात्र विवाह गरेकी हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस