सेयर बजारमा सामान्य अंकको वृद्धि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ श्रावण १६, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १६, काठमाडौ । सेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन आइतबार ५४.५८ अंकले बढेको सेयर बजारमा आज १।१५ अंकको वृद्धि भएको हो ।

यसदिन २१७ कम्पनीको १ करोड ५१ लाख १८ हजार ७१२ कित्ता सेयर ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँमा खरिदबिक्री भएको छ। कारोबार रकम भने आइतबारको तुलनामा बढेको छ । अघिल्लो कारोबार दिन आइतबार ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँमा खरिदबिक्री भयो । आज ८ समूहको सूचक घटेको छ भने ५ समूहको मात्र बढेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस