आज देशका अधिकांश ठाउँमा पानी पर्ने अनुमान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण १७, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १७,काठमाडौँ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

आज दिउँसो प्रदेश-१, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आज राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । भोलिदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

मनसुनको न्यून चापीय रेखा माथि अर्थात भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर हुने सम्भावना रहेको विभागले जनाएको छ।

केही दिनयता मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले देशैभर पानी परिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस