बुटवलमा फैलिदैं डेंगुको संक्रमण: अटो भिलेजमा जनचेतनामुलक कार्यक्रम

साउन १७, बुटवल । रुपन्देहीको बुटवल लगायत बिभिन्न ठाउमा डेंगुको बिरामी बढेपछि धनबर्षा बचत तथा ऋण सहकारी संस्था र बुटवल अटो ईन्जिनियरिङ एशोसिएशन मैनाबगरले संयुक्त रुपमा डेंगु नियन्त्रणका लागि स्वास्थ्य जनचेतनामुलक कार्यक्रम आयोजना गरेका छन् ।

यतिखेर बुटवलका बिभिन्न अस्पतालमा समेत डेंगु संक्रमित बिरामीको संख्या बढ्दोछ । कुनैपनि बेला यस क्षेत्रमा डेंगुको महामारी हुनसक्ने परिस्थीतिको ख्याल गर्दै बुटवल अटो भिलेजपनि डेंगुको उच्च जोखिममा रहेको मध्यनजर गर्दै यस्तो सचेतना कार्यक्रम आयो जना गरेको धनबर्षा बचत तथा ऋण सहकारीसस्थाका अध्यक्ष नारायण प्रसाद ज्ञवाली वताए ।

अटो भिलेज क्षेत्रमा पुराना सवारीसाधन र टायर बढि छन, बढी पानी जम्ने ठाउँ पनि भएकोले यहाँडेंगुको संक्रमण र जोखिमको संभावना बढि रहेकोले यो जनचेतना कार्यक्रमको आयोजना गरिएको बुटवल अटो ईन्जिनियरिङ एशासिएसन मैनाबगरका अध्यक्ष तुल्सिराम न्यापाने बताउछन् ।

यहाँ रहेका टायर तथा पुराना बाहिर रहेका सवारी साधनमा पानी जम्ने सम्भावना बढी रहेकोले सरसफाईमा विशेष ध्यान दिन आवश्यक रहेको सहकारी संस्थाका सस्थापक अध्यक्ष भोजबहादुर बुढाथोकीले वताए ।

उता बुटवलको लुम्बिनी प्रादेसिक अस्पतालमा केहीदिनयता परीक्षण गराउन आउने बिरामी मध्ये दैनिक ३० देखि ४० जनामा डेंगुको विरामी देखिन थालेको अस्पतालको तथ्याकंले देखाउछ ।

लामखुटेटेको टोकाईवाट हुने डेंगु भाईरल डिजिजभएकोले जनचेतना जरूरि छ, कोभिडका वेला सचेत भयौ, सरसफाई गर्यौ डेंगु थिएन अहिले डेङ्गो फैलिएको छ । दुई बर्ष अगाडि पनि अटो भिलेजमा डेंगू महामारीकै रुपमा फैलिएको थियो । त्यसैले यसवारे सचेत रहदै लामखुट्टे को लार्भा खोजौ नष्ट गरौ अभियानमा जुटदै अटो भिलेजमा पनि सरसफाईमा बिशेष ध्यानदिन पर्ने बुटवल वडा नम्बर २ कि स्वास्थ्य प्रमुख सरिता बेलवासे जानकारी दिईन ।

कार्यक्रमा अटो ब्यवसायी नगरपालिका तथा शशस्त्रका सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । सचेतनामुलक कार्यक्रममा सहभागिहरुले डेंगुवारे जनचेतना जगाउदै अटो भिलेजमा हिडेका थिए । धनबर्षा सहकारीको १२ औं स्थापना दिवसका अवसरमा आयोजित स्वास्थ्य जनचेतना कार्यक्रममा नेपाल अटो मेकानिक्स ब्यवसायी महासंघका अध्यक्ष अध्यक्ष जनार्दन गैरे संस्थाका पूर्व अध्यक्ष प्रेम फौदार, शशस्त्रका डिएस पि सुरज पाण्डे सचिव रमेश गुरूङ लगायतले वोलेका थिए ।

संम्बन्धित समचार

Leave a Reply