धरानका मेयरविरुद्ध जाने एमालेको चेतावनी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण १८, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १८, काठमाण्डौ । नेकपा एमाले धरान उपमहानगर कमिटीले मेयर हर्कराज राईका पछिल्ला अभिव्यक्तिमाथि आपत्ति जनाएको छ । स्थानीय बराह ऋण सहकारी संस्थालाई लिएर विभिन्न सामाजिक सञ्जालमा एमालेविरुद्ध अनर्गल प्रचारबाजी गरेको र जातीय सद्भाव बिगार्न खोजेको आरोप लगाउँदै उसले गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई जोडेर एमाले केन्द्रीय सदस्य तथा सुनसरी सह–इञ्चार्ज मञ्जु भण्डारी सुवेदी र सिंगो एमालेलाई बद्नाम गराउन नगर प्रमुख लागेको एमालेको ठहर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस