सुन–चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ श्रावण १८, बुधबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन १८,काठमाडौँ । बुधबार सुन र चाँदीको मूल्य घटको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय र तेजावी सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ६ सय रुपैयाँमा र तेजावी सुन ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार २१० रुपैयाँ तोकएको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २२० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस