वरिष्ठ अभिनेता मिथिलेश चतुर्वेदीको निधन

साउन १९,काठमाडौँ । वरिष्ठ अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । हृदयघातका कारण ३ अगस्ट अर्थात बुधबार साँझ उनको निधन भएको हो । लामो समयदेखि हृदय रोगसँग लडिरहेका उनको पछिल्लो दिनमा स्वास्थ्यमा समस्या आएपछि लखनउमा उपचार भइरहेको थियो । यसै क्रममा उनको हृदयघातका कारण मृत्यु समाचारमा जनाइएको छ ।

मिथिलेश चतुर्वेदीको मृत्युको पुष्टि उनका ज्वाई आशिष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत गरेका छन् । आशिष चतुर्वेदीले सामाजिक सञ्जालमा मिथिलेशको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘तपाई संसारकै उत्कृष्ट पिता हुनुहुन्छ । तपाईले मलाई ज्वाइँ होइन, छोराको जस्तो माया दिनुभएको थियो । तपाइको आत्माले शान्ति पाओस् ।’

चतुर्वेदीले सनी देओलको ‘गदर’, मनोज बाजपेयीको ‘सत्या’, शाहरुख खानको ९अशोका’ को अलवा ‘ताल’, ‘बन्टी और बबली’, ‘कृष’, ‘रेडी’ लगायत थुप्रै फिल्म अभिनय गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply