भोलिदेखि मतदाता नामावली सङ्कलन स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण १९, बिहिबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन १९,काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी सुरु भइसकेको जनाएको छ । आयोगले आज बिहीवार पत्रकार सम्मेलन गरेर केही तयारी यसअघि नै भइरहेकोमा बाँकी तयारी आजदेखि सुरु भइसकेको जनाएको हो ।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको घोषणा भएकाले भोलिदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित हुने बताए । तर अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाहरूको हकमा पर्सि २१ गतेसम्म समय निर्धारण गरिएको जानकारी दिए ।

यस्तै आयोगले मतदान स्थल र केन्द्रको पुनरावलोकन गरेर पुनः निर्धारण गर्ने, राजनीतिक दल दर्ता प्रक्रिया तुरुन्त प्रारम्भ गर्ने, निर्वाचन कार्यक्रम र तालिका तय गर्ने, जनशक्तिको आँकलन गरेर विवरण सङ्कलन र अद्यावधिक गर्ने लगायतका काम पनि तुरुन्त प्रारम्भ गर्ने उनले जानकारी दिए ।

चुनावको खर्चको अनुमान गरेर सरकारसँग बजेट माग गर्ने र अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आह्वान गर्ने प्रक्रिया सुरु गर्ने पनि उनले जानकारी दिए । आयोगले चुनाव स्वच्छ, निष्पक्ष तरिकाले सम्पन्न गराउन तयार रहेको र यस कार्यमा सहयोग गर्न सबैसँग आग्रह पनि गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस