‘चुनाव घोषणा गर्दा प्रतिपक्षलाई किन सोधिएन ?’ उपनेता नेम्वाङ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ श्रावण १९, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १९, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले चुनाव घोषणा गर्दा विपक्षीसँग नसोधिएको बताएका छन् । उनले निर्वाचन घोषणा हुनु स्वागतयोग्य भए पनि महत्त्वपूर्ण विषयमा सल्लाह नगरिएको उल्लेख गरे।

प्रेस चौतारी रूपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेम्वाङले सरकारले छलफल नगरेर विधि प्रक्रिया नपुर्‍याएको आरोप लगाए। ‘यस्तो महत्त्वपूर्ण विषयमा सबै दललाई जानकारी हुनुपर्छ’ उनले भने, ‘निर्वाचन घोषणा जस्तो महत्त्वपूर्ण विषयमा हामीसँग छलफल गर्नुपर्ने। तर यो सरकारले गरेन।’

 

ताजा अपडेट

खोजी गर्नुहोस