‘आजदेखि सरकार कमचलाउ भयो, अब महत्वपूर्ण निर्णय गर्न पाउँदैन’ : उपाध्यक्ष नेम्वाङ

साउन १९,बुटवल । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावको मिति घोषणासंगै सरकार कामचलाउमा परिणत भएको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले अब महत्वपूर्ण र मुलुकलाई दूरगामी असर पार्ने निर्णय गर्न नपाउने बताए । ‘आजदेखि सरकार कमचलाउ भयो, अब सरकारले महत्वपूर्ण निर्णय गर्न पाउँदैन’ उनले भने ।

बिहीबारको मन्त्रिपरिषद बैठकले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको छ । उपाध्यक्ष नेम्वाङले सरकारले छापामार शैलीम चुनावको मिति घोषणा गरेको टिप्पणी गरे । यद्यपि निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य भएको बताए ।

नेम्वाङले अहिलेको गठबन्धन संसदीय मूल्य मान्यता विपरीत दूषित गठबन्धन गरेको टिप्पणी गरे । एम अधिकारी प्रकरण राजनीतिक बिषय भएको भन्दै नेम्वाङले सत्ता पक्षले हचुवाको भरमा यो बिषय उछालेको दाबी गर्दै छानबिन गरेर कारवाही गर्न चुनौती दिए ।

संम्बन्धित समचार

Leave a Reply