विमानस्थलबाट ३२० ग्राम सुनको बेरूवा औंठीसहित दुई जना पक्राउ

साउन १९, काठमाण्डौ । प्रहरीले विमानस्थलबाट ३२० ग्राम सुनको बेरूवा औंठीसहित दुई जनालाई पक्राउ गरेको छ। मोरङ विराटनगर महानगरपालिका १५ रामपुरका विवेक तिम्सिना र दक्षिणकाली नगरपालिका४ का साजन श्रेष्ठलाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

प्रहरीले विवेक र साजनको साथबाट दुईदुई थान झन्डै ८० ग्रामको बेरूवा औंठी फेला पारेको जनाएको छ । बिहीबार नेपाल एयरलाइन्सको उडानद्वारा उनीहरू दुबईबाट काठमाडौं थिए। आगमन टनेल गेटमा शंका लागि चेक गर्दा उनीहरूको साथबाट सुनको बेरूवा औंठी फेला परेको प्रहरीले जनाएको छ।

 

संम्बन्धित समचार

Leave a Reply