मरासिनी प्रधानमन्त्री कार्यालयमा तानिए ! नयाँ अर्थसचिव को ?

साउन १९,काठमाडौँ । सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ ।

उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई ल्याइएको छ । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थ सचिव मरासिनी बिदामा बसेका थिए ।

अव नयाँ अर्थसचिव को ?

नयाँ अर्थसचिवका रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल, योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, उद्योगवाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल , राजश्व सचिव कृष्णहरि पुष्कर लगायतको नाम चर्चामा छ । तीमध्ये अर्थमन्त्रालयको बजेट महाशाखामा लामो समय बसेर काम गरेका अर्याल बालुवाटारको पहिलो प्राथमिकतामा रहेको बुझिएको छ ।

अर्यालले प्राकृतिक स्रोत तथा वित्त आयोग र उद्योग मन्त्रालयको सचिवमा रहेर पनि काम गरीसक्नुभएको छ । नया आर्थिक वर्षको बजेट कार्यान्वयन सुरु भइसक्दा मन्त्रालयल अर्थसचिव बिहिन हुँदा कामकाज भने प्रभावित भएको छ ।

संम्बन्धित समचार

Leave a Reply