नेदरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी

साउन २०, काठमाण्डौ । नेदरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । द हेगमा गएराति भएको खेलमा न्युजिल्यान्ड १६ रनले विजयी भएको हो । जितका लागि न्युजिल्यान्डले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड १९ ओभर ३ बलमा १ सय ३२ रनमा अलआउट भयो । उसका बास डे लिडेले ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

न्युजिल्यान्डका ब्लेयर मार्शल टिकनरले ४ तथा बेन्जामिन भिन्सेन्ट सियर्सले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । उसका मार्टिन गुप्टीलले सर्वाधिक ४५ रन जोडे ।

संम्बन्धित समचार

Leave a Reply