सुनको भाउ ७ सय रुपैयाँले बढ्यो, तोलाको कति ?

साउन २०, काठमाण्डौ । सुनको भाउ फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा ९६ हजार ८ सय रुपैयाँ पुगेको छ । यो हिजोको भन्दा ७ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको थियो ।

आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply