चिनियाँ विदेशमन्त्रीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदै

साउन २०,काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा.खड्काले चीनको तीन दिने भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गते चिनियाँ विदेश मन्त्रालयमा हुने परराष्ट्रले जनाएको छ । भ्रमणका बेला डा खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रिभोजको आयोजना गर्नेछन् ।

संम्बन्धित समचार

Leave a Reply