‘एसपीपीबारे अमेरिकालाई पठाइएको पत्र सार्वजनिक गर्न मिल्दैन’ : परराष्ट्र मन्त्रालय

साउन २०, काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पाटर्नसीप प्रोग्राम एसपीपी रद्ध गरिएको पत्र अमेरिकालाई पठाइएको प्रति कुनै शंका नगर्न आग्रह गरेको छ । मन्त्रालयले पत्र पठाइएको बारे परराष्ट्रमन्त्री डा। नारायण खड्का स्वयंले संसद‍्मा जानकारी गराइसकेको विषय भएकाले यस बारेमा कुनै शंका नगर्न आग्रह गरेको हो ।

शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले कुटनीतिक पत्र एक तर्फीरूपले सार्वजनिक गर्न नहुने बताइन् । संसदीय समितिमा अमेरिकालाई पठाइएको पत्र सार्वजनिक हुनुपर्ने बहस चलिरहेको बेला प्रवक्ता लम्सालले अन्तर्राष्ट्रिय कुटनीतिक मामिलाका विषयमा एकपक्षीय ढंगले पत्रहरू सार्वजनिक गर्न नमिल्ने दाबी गरिन् ।

संम्बन्धित समचार

Leave a Reply