चीनको विस्तारवादी सपनाको कुनै अन्तिम विन्दु छैन : ताइवानी विदेशमन्त्री

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ श्रावण २०, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २०,काठमाडौँ । ताइवानका विदेशमन्त्री जोसेफ वुले चीनको विस्तारवादी सपनाको कुनै अन्तिम बिन्दु नभएको बताएका छन् । बीबीसीलाई दिएको एक विशेष अन्तरवार्तामा जोसेफ वुले भने, ‘अन्तर्राष्ट्रिय समुदाय र यस क्षेत्रका देशहरूले चीनले के गर्न खोजिरहेको छ भनेर हेर्नु आवश्यक छ ।’

वुले दोहोर्याउँदै भने, ‘ताइवान यथास्थिति कायम राख्ने कुराको पक्षधर हो जसअन्तर्गत उसले आफूलाई स्वतन्त्र देश घोषित नगरीकनै लोकतान्त्रिक प्रक्रियामा हिँड्ने स्वशासित द्वीप बन्नेछ ।’ यद्यपि, चीनले भने यो द्वीप उसको हिस्सा भएको दाबी गर्छ ।

चीनको सैन्य अभ्यासका कारण सयौँ जहाज, विमानले मार्ग फेर्नु परेको कुरा बताउँदै उनले भने, ‘चीनको व्यवहार अत्यन्तै उक्साउने खालको छ र यो क्षेत्रीय शान्ति र स्थिरताका लागि जोखिम हो । यसमार्फत् अन्तरराष्ट्रिय व्यापार र यातायात व्यवस्थामा बाधा उत्पन्न भइरहेको छ ।’

वूले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको पनि स्वागत गरेका छन् । उनको भ्रमणपछि नै ताइवान, चीन र अमेरिकाबीच तनाव बढेको छ ।

उनले बीबीसीलाई भने, ‘ताइवानको हैसियत उकास्न, अन्तर्राष्ट्रिय समुदायलाई ताइवान लोकतन्त्र हो भनेर विश्वस्त गराउन… सभामुख पेलोसीजस्ता ठूला नेताहरूले ताइवान भ्रमण गर्नु निकै महत्त्वपूर्ण छ ।’

प्रविधिको दुनियाँमा ताइवानको महत्वबारे प्रष्ट पार्दै उनले भने, ‘धेरैजसो मानिसले ताइवान चीनको हातमा जाँदाको मूल्य उसले चुकाउन सक्दैन भनेर सोच्न थालेका छन् । आजकाल हरेक मेसिन वा महत्वपूर्ण उत्पादनका लागि कम्प्युटरको चिप चाहिन्छ, जुन ताइवानबाट आउँछ ।’ ‘यो क्षेत्रबिना अन्तरराष्ट्रिय अर्थव्यवस्थाले मुश्किल झेल्ने पर्नेछ ।’

ताजा अपडेट

खोजी गर्नुहोस