एइसीमा रहदा मैले गेमचेन्जर योजना अघि सारेको छु : सभापति सुमार्गी

साउन २०,सिमरा । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले नेपालमा कृषिलाई कसरी उद्यमशिलतातिर अघि बढाउने,किसानलाई कसरी धनि बनाउने भन्ने उदेश्य बोकेर देशभर अभियानमा लागिरहेको बताएका छन् । जितपुरसिमरा उद्योग बाणिज्य संघको ५ औँ स्थापना दिवस तथा विशेष समारोहलाई सम्बोधन गर्दै सुमार्गीले आफु कृषि उद्यम केन्द्रमा रहिन्जेल अन्य विषयका कार्यक्रममा कम सहभागी भएको बताएका थिए ।

उनले नेपालमा कृषिको सम्भावना र कृषिको आधुनिकिकरणमा सबैलाई समेटेर लैजान खाजेको समेत बताए । सुमार्गीले आफु एइसीमा रहदा कृषिमा गेमचेन्जर योजना अघि सारेको बताए । उनले भर्खरैमात्रै यूएन अन्तर्गतको एक कार्यक्रममा आफुलाई सल्लाहकारको रुपमा अघि सारेपछि खुसी लागेको समेत बताए । सुमार्गीले केही समयभित्रै कोरियामा नेपाली किसानलाई कृषि तालिम र सिप प्रदान गर्ने उदेश्यले कोरियासंग सहकार्य अघि बढेको र केही समयभित्रै सम्झौतापछि कार्यान्वयनमा जाने बताए ।

उनले नेपाली किसानको छनोट जिल्ला/नगरले गर्ने समेत बताए । सुमार्गीले जिल्ला नगर उद्योग संघलाई बलियो बनाउन आफुले विभिन्न कार्यक्रम अघि सारेको समेत जानकारी दिए । उनले सय किसान अभियान अन्तर्गत विभिन्न स्थानमा कृषिको अनुसन्धान तथा उत्पादन भैरहेको समेत उनले बताए । सभापति सुमार्गीले सरकारले कृषिमा नयाँ उत्पादन र प्रविधि खोज्न नसकेको समेत बताए ।

जितपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्षद्धय दिनेश श्रेष्ठ र रामचन्द्र सांघाई,मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता, लालबन्दी उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र बालम्पङ्खी,रौतहट उद्योग बाणिज्य महासंघका अध्यक्ष पण्डित जैसवाल, कृषि उद्यम केन्द्रका उपसभापति गोपाल केडिया, उद्योग बाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, विरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष डा सुभोधकुमार गुप्ता लगायतको उपस्थिती रहेको थियो । मधेस प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री शत्रुधन महतोले कार्यक्रमको उद्दाटन गरेको थिए ।

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?