नुवकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर बिहानै भूकम्प

साउन २१,नुवाकोट । नुवाकोटको बेलकोटगढी आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान परकम्प गएको छ । बिहान ५ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए । यो परकम्पको धक्का नुवाकोटसहित आसपासका जिल्ला र धादिङमा समेत महसुस गरिएको छ ।

२०७२ सालको भूकम्पपछि परकम्प आउनेक्रम रोकिएको छैन । यसअघि गएको आइतबार खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि खोटाङमा पनि पटक–पटक परकम्प गएका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply