२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जित्यो !

साउन २१, काठमाण्डौ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली भारतले जितेको छ । भुवनेश्वरको कालीङ्गा मैदानमा हिजो भएको खेलमा बङ्लादेशलाई ५–२ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।

भारतका फरवार्ड गुर्किरत सिंहले चार तथा हिमांशु जाग्राले एक गोल गरे । प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा भारतले तीन गोल थप्यो । बङ्लादेशका राजन होब्लादर र शमिम मियाले एकरएक गोल गरे ।

संम्बन्धित समचार

Leave a Reply