राष्ट्रिय सभाका समितिहरूमा पदाधिकारी चयन हुने

साउन २१, काठमाण्डौ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका समितिहरूमा पदाधिकारी चयन हुने भएको छ। राष्ट्रिय सभाका संसदीय समितिको दुईवर्षे कार्यकाल सकिएपछि मङ्गलबारदेखि राष्ट्रिय सभा समितिविहीन भएका थिए। तिनै समितिमा नयाँ पदाधिकारी चयन गरिने भएको छ ।

राष्ट्रिय सभा नियमावलीमा समितिको कार्यकाल दुई वर्ष हुने व्यवस्था छ। राष्ट्रिय सभामा नयाँ सदस्य आएसँगै सभापतिको निर्वाचन गर्ने व्यवस्था गरिएको हो। राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा नयाँ सदस्य आउने व्यवस्था छ । दुईरदुई वर्षमा फागुन २० गते एक तिहाइ सदस्यको कार्यकाल सकिएर नयाँ एक तिहाइ सदस्य आउने गर्छन् ।

 

संम्बन्धित समचार

Leave a Reply