ईपीएलमा आज ललितपुर र भैरहवा खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष १, आईतबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

१ पौष, काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलमा आइतबार एउटा मात्रै खेल हुँदैछ ।

त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे हुने खेलमा ललितपुर प्याट्रियोट्स र भैरहवा ग्लाडियटरर्स भिड्ने छन् । जारी प्रतियोगितामा ललितपुर शीर्ष स्थानमा रहँदा भैरहवा दोस्रो स्थानमा छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर र शरद भेषावकरको कप्तानीको भैरहवा दुवै आजको खेल जित्दै क्वालीफायर राउण्डमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

आज विजयी हुने टिम शीर्ष स्थानमा रहँदै सिधै क्वालीफायर राउण्ड खेल्नेछ । क्वालीफायर राउण्डमा विजयी हुने टिम फाइनलमा पुुग्दा पराजित हुने टिम एलिमिनेटर राउण्डमा खेल्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस