मुख्यमन्त्री पाण्डेले गरे धादिङमा डायलाइसिस सेवाको उद्घाटन

साउन २२, धादिङ । जिल्लाका मृगौला विरामीले डायलाइसिस् गराउन अब अन्यत्रका अस्पताल चाहर्नुपर्ने बाध्यता हटेको छ । धादिङ अस्पतालले शनिबारबाट डाइलाइसिस सेवा सुरु गरेसँगै डायलाइसिस गराउन काठमाडौ, पोखला, चितवनलगायत देशका ठूला शहर चाहार्नुपर्ने बाध्यता हटेको हो । बाग्मती प्रदेश सरकारको सहयोगमा धादिङ अस्पतालले चारवटा हेमोडायलाइसिस उपकरणसहित सेवा सुरु गरेको छ ।

बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले डायलाइसिस सेवाको उद्घाटन गरेका हुन् । दक्ष र तालिमप्राप्त स्वास्थ्यकर्मीद्धारा गुणस्तरीय सेवा प्रदान गराउन मुख्यमन्त्री पाण्डेले अस्पताल व्यवस्थापन समितिलाई आग्रह गरेका छन् । धादिङ अस्पतालमा अहिले ५० वेड क्षमता छ । डायलाइसिस सेवा शुभारम्भमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा पनि धादिङ आइपुगेका थिए । धादिङको स्वास्थ्य क्षेत्रको विकास र सेवा विस्तारमा बाग्मती प्रदेश सरकार हातेमालो गर्न तयार रहेको मन्त्री लामाले बताए ।

गराउनकै लागि काठमाडौ लगायत अन्य ठूला शहर धाउनु पर्ने बाध्यताबाट विरामी र उनका आफन्तले मुक्ती पाउने भएका छन् । बढी खर्चिलो हुने र विरामीले विभिन्न समस्या भोग्नु परेका कारण उनीहरुलाई सहज बनाउन धादिङ अस्पतालमै डायलाइसिस सेवा शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताए ।

एक पटकमा ४ जनाले डायलाइसिस सेवा लिन सक्नेछन् । सातामा दुई पटक डायलाइसिस गराउदा एक पटकमा करिब चार घण्टा लाग्ने भएकोले दैनिक ३ सिफ्टमा डायलोसिस सेवा दिन सकिने अस्पतालले जनाएको छ । पछिल्लो समय देशैभर मृगौला विरामीको संख्या बढ्दो छ ।

 

संम्बन्धित समचार

Leave a Reply