मोदिकाको स्वरमा ‘तीज आयो घुमेर’ (भिडिओ)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ श्रावण २२, आईतबार (१ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

काठमाडौ । मोदिका निरौलाको स्वरमा ‘तीज आयो घुमेर’ बोलको गीत सार्वजनिक भएको छ। भुवन पौडेलको शब्द रहेको तीज गीतमा अनिल शाहीले संगीत भरेका छन्। यो गीतको मिक्सिङ, मास्टरिङ तथा रेकर्ड ब्लुबेरी स्टुडिओले गरेको हो।

मौसाबी क्रियशनको प्रस्तुतीमा बनेको म्युजिक भिडिओमा गीता ढुंगानाले नृत्य प्रस्तुत गरेकी छन्। भिडिओमा गीतासँगै गायिका मोदिकालाई पनि देख्न सकिन्छ। गीतलाई रेश्मा खड्कीले कोरियोग्राफी गरेकी हुन्।

ब्लुबेरी अडिओ, भिडिओ स्टुडिओ टिमले निर्देशन गरेको गीतलाई सोहन मानन्धरले छायांकन तथा सम्पादन गरेका हुन्। यो गीतलाई मौसाबी क्रियशन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस