शेयर बजार घटेर राताम्मे, नेप्सेमा ४५ अङ्कको गिरावट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ श्रावण २४, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २४, काठमाण्डौ । शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ४५ दशमलव ४२ अङ्कले घटेर दुई हजार ६० दशमलव ७३ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २२ वटा कम्पनीको ६६ लाख ४६ हजार कित्ता शेयर दुई अर्ब ८१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस