प्रतिनिधि सभाको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण २५, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन २५, काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न कार्यसूचीहरू पेश हुनेछन् । आज बैठकको शुरूमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देश सहितको ‘तथ्याङ्क विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि ‘तथ्याङ्क विधेयक, २०७८’माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । आजैको बैठकमा प्रधानमन्त्री देउवाले तथ्याङ्क विधेयक, २०७८ लाई पारित गर्नका लागि संसदमा प्रस्ताव गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस