बैतडीका ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ श्रावण २५, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन २५, बैतडी । आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लाका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले आवश्यकताअनुसार ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार ११ मतदानस्थलमध्ये छ ओटाको नाम परिवर्तन गरिएको छ, भने पाँच ओटाको स्थान परिवर्तन गरिएको छ । दशरथचन्द नगरपालिका– ५ को साविकको गाविस भवन मतदानस्थलको नाम परिवर्तन गरेर वडा नं ५ कार्यालय पल्लाचौंडाली राखिएको छ । यस्तै पञ्चेश्वर गाउँपालिका– २ मा साविकको गाविस भवनको ठाउँमा वडा नं २ को कार्यालय, वडा नं ५ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ५ को कार्यालय, वडा नं ६ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ६ को कार्यालय नाम राख्न सिफारिस गरिएको छ । यस्तै सुर्नया गाउँपालिका–१ मा साविकको गाविस भवन गुर्केलीको ठाउँमा वडा नं १ को कार्यालय हटैराज नाम राख्न सिफारिस गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस