जनता बैंक नेपाल लिमिटेडले सेयर धनीलाई ६८ करोड ६६ हजार ८ सय ३ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको सञ्लाचक समितिको २ सय ६७ औं बैठकले सेयरधनीलाई नगद लाभांश दिन प्रस्ताव गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७४/७५ मा प्राप्त गरेको १ अर्ब २७ लाख ८० हजार रुपैयाँ मुनाफाबाट लाभांश वितरण गर्न लागेको हो । २०७५ असार मसान्तमा कायम रहेको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८६ हजारको ८.५० प्र्रतिशतले हुन आउने नगद लाभांस वितरण गर्न लागिएको बैंकले जनाएको छ ।
प्रस्तावित लाभांश रकम आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिनेछ । बैंकले देशभर सहरी तथा अर्ध–सहरी र ग्रामीण क्षेत्रमा गरी १ सय २८ वटा शाखामार्फत बेंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
चालु वर्षमा काठमाडौं उपत्यकाभित्र १५ नयाँ शाखा थप गर्ने बैंकको योजना छ । चालु वर्षको प्रथम त्रैमासमा बैंकले करिब ३२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकका देशभरमा ६ लाख बढी ग्राहक छन् ।