पहिलो टी–२० क्रिक्रेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ श्रावण २६, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन २६,काठमाण्डौ । पहिलो टी–२० क्रिक्रेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग पराजित भएको छ । जमैकाको साविना पार्कमा बिहान सकिएको खेलमा न्युजिल्यान्ड १३ रनले विजयी भएको हो । न्युजिल्यान्डले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ७२ रन बनाउन सक्यो ।

वेष्ट इन्डिजका लागि शामरन ब्रुरक्सले सर्वाधिक ४२ रन बनाए । यस्तै, रोमारियो सेफर्डले ३१, ओडन स्मिथले २७, जासन होल्डरले २५ तथा निकोलस पुरनले १५ रन बनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस