तनहुँमा माइक्रो बस दुर्घटना, १४ यात्रु घाइते

साउन २६,तनहुँ । पृथ्वीराज मार्गमा पर्ने तनहुँको म्यादे गाउँपालिका–३ धयरे मा बिहीबार बिहान ९ बजेर २० मिनेटमा माइक्रो बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । दमौलीबाट पोखरा जाँदै गरेको बा ४ ख ९९९९ नम्बरको माइक्रो बस आफैँ अनियन्त्रित भई सम्धी खोला पुलको रेलिङमा ठक्कर खाएपछि १५ फिट तल खसेर दुर्घटना हुँदा उक्त सङ्ख्यामा घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा माइक्रो बसमा सवार चालकसहित सात जना पुरुष र सात जना महिला गरी जम्मा १४ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज खड्काले जानकारी दिए ।

निजहरुलाई तत्काल उद्वार गरी उपचारको लागि दमौलीस्थित रत्नहरी अस्पताल दमौलीमा ल्याइएको र घाइते मध्ये म्याग्दे गाउँपालिका–२ गुणादी बस्ने वर्ष ३० को विमल रानाभाट, शुक्लागण्डकी नगरपालिका–८ राइपुरका वर्ष ७४ का भानुप्रसाद भट्टराई, व्यास नगरपालिका–११ बस्ने वर्ष ३० की बिन्दु भट्टराई, व्यास नगरपालिका–५ पतेनी बस्ने वर्ष २८ की भावना श्रेष्ठ र माइक्रो बस चालक व्यास नगरपालिका–२ वर्ष ३६ की जीवन आले गरी पाँच जनाको मणिपाल अस्पताल पोखरामा थप उपचारको लागि पठाइएको प्रनाउ खड्काले बताए ।

बोल्न सक्ने नौ जना घाइतेको रत्नहरी अस्पतालमा नै उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply