दोस्रो बजारमा अपर हेवाखोला हाइड्रोको कारोबार सुरू

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ श्रावण २६, बिहिबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन २६, काठमाण्डौ । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १ सय ३० रुपैयाँ २० पैसामा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय रूपैयाँदेखि अधिकतम ३ सय रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि सिम्बोल प्राप्त गरेको छ ।

बुधबार कम्पनीको ५० लाख कित्ता साधारण सेयर आईपीओ धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस