साउन २६, काठमाण्डौ । क्यानडामा मङ्कीपक्सका बिरामीहरूको सङ्ख्या हजारभन्दा बढी पुगेको छ। क्यानडाको सार्वजनिक स्वास्थ्य सम्बन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मङ्कीपक्सका बिरामी भएका हुन्।
तीमध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ। ओन्तारियोमा अहिलेसम्म ४९७ जनामा मङ्कीपक्स पुष्टि भएको छ। त्यसैगरी क्वेबेसमा ४२५ जना, ब्रिटिक कोलम्बीयामा ८५ जना र अल्बेर्तामा १६ जना मङ्कीपक्सबाट बिरामी भएका छन्।