वैदेशिक रोजगारीमा गएका नेपालीले आईपीओ मा १० प्रतिशत आरक्षण पाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ श्रावण २७, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २७, काठमाडौ । सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले संगठित संस्थाले जारी गरेको प्राथमिक निष्कासन आईपीओ मा १० प्रतिशत आरक्षण पाउने भएका छन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको उक्त व्यवस्था कार्यान्वयनका लागि धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली’ संशोधन गरी स्वीकृतिका लागि पठाएको थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस