अफगानिस्तानसँगको दोस्रो टी-२० क्रिकेटमा पनि आयरल्यान्ड विजयी

साउन २७, काठमाण्डौ । अफगानिस्तानसँगको दोस्रो टी(२० क्रिकेट पनि आयरल्यान्डले जितेको छ । गएराति भएको खेलमा आयरल्यान्ड ५ विकेटले विजयी भएको हो । जितका लागि अफगानिस्तानले दिएको १ सय २३ रनको लक्ष्य आयरल्यान्डले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर १ सय २५ रन जोड्दै भेट्टायो ।

आयरल्यान्डका लागि कप्तान एण्डी बालबिर्नीले सर्वाधिक ४६ रन जोडे । यस्तै, लार्कन टकिरले २७, जर्ज डकरेलले २५ रन बनाए । अफगानिस्तानका लागि मोहम्मद नाबीले २ विकेट लिए भने मुजिब उर रहमान, फाजलहक फारुकी र नभिन उल हकले एकरएक विकेट लिए । त्यसअघि ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

संम्बन्धित समचार

Leave a Reply