मंसिर ४ गते हुने निर्वाचनका लागि ४० वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण २८, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २८, काठमाडौ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजसम्म ४० वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । ठूला दलमध्ये नेकपा एमालेले दल दर्ता गराए पनि नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दल दर्ता गराएका छैनन्।

एकातिर दल दर्ताको काम धमाधम भइरहेको छ भने अर्कोतर्फ निर्वाचन आयोग मतदाता नामावली अद्यावधिक, बजेटको आकारसँगै मतदाता शिक्षामा केन्द्रित भएर काम गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्माले थाहा खबरलाई जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस